प्रधानमन्त्रीसहित यी २१ मन्त्रीले पद तथा गोपनीयताकाे शपथ लिँदै

प्रधानमन्त्रीसहित यी २१ मन्त्रीले पद तथा गोपनीयताकाे शपथ लिँदै

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्।

आइतबार संविधानको धारा ७६ को उपधारा २ बमाेजिम प्रधानमन्त्री नियुक्त भएका ओलीसहित २१ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन्।

संसदको सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस र एमालेले पुस १७ गते मध्यरात नयाँ सरकार बनाउने सहमति गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार धरमराएको थियो।

असार १८ गते ‌ओलीले प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि राजीनामा नदिएपछि एमालेले १९ गते मन्त्री फिर्ता बाेलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा बहुमत नपुगेपछि उनी कामचलाउ प्रधानमन्त्रीको रूपमा थिए।

यी हुन् नवनियुक्त प्रधानमन्त्री ओलीसँगै शपथ लिने २० मन्त्रीको नाम।

१. प्रकाशमान सिंह - उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल - उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ - सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक - गृह
५. शरतसिंह भण्डारी - श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६. आरजु राणा - परराष्ट्र
७. प्रदीप यादव - खानेपानी
८. बलराम अधिकारी - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
९. दामोदर भण्डारी - उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल - भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी - युवा तथा खेलकुद
१३. अजय चौरसिया - कानुन, न्याय तथा संसदीय मामिला
१४. विद्या भट्टराई - शिक्षा, विज्ञान तथा प्रविधि
१५. मानवीर राई - रक्षा
१६. दीपक खड्का - ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७. राजकुमार गुप्ता - संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही ठकुरी - वन तथा वातावरण
१९. प्रदीप पौडेल - स्वास्थ्य तथा जनसंख्या
२०. बद्री पाण्डे - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१. रामनाथ अधिकारी - कृषि तथा पशुपन्छी विकास

असार ३०, २०८१ सोमबार ११:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।