अर्जेन्टिनालाई १६औं पटक कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनालाई १६औं पटक कोपा अमेरिकाको उपाधि

काठमाडौं : कोलम्बियालाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ।

२८ खेलदेखि कोलम्बियाको अपराजित यात्रामा ब्रेक लगाउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

मियामीको हार्ड रक स्टेडियममा भिड नियन्त्रण गर्न नसक्दा निर्धारित समयभन्दा ७७ मिनेट ढिला भएको खेलमा अर्जेन्टिनाका लागि निर्णायक गोल लाउटारो मार्टिनेजले गरे।

९० मिनेटमा कुनै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो। ११२औं मिनेटमा कोलम्बियाको डिफेन्सलाई छक्याउँदै मार्टिनेजले गोल गरेका हुन्।

मार्टिनेज यो प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत हुन्। उनले यसपालिको कोपा अमेरिकामा पाँच गोल गरे। 

अर्जेन्टिनाले यसअघि अन्तिमपटक सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो।

असार ३१, २०८१ सोमबार १०:०४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।