संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।

संघीय संसद सचिवालयको राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ।

त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन।

मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ।

सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ।

असार ३०, २०८१ सोमबार ०९:४५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।