उच्च अदालतको आदेशसँगै महानगरले न्यूरोडको फुटपाथ विस्तार गर्न पाउने

उच्च अदालतको आदेशसँगै महानगरले न्यूरोडको फुटपाथ विस्तार गर्न पाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ।

महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो।

त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो। जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ।

अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो।

असार ३०, २०८१ सोमबार ०८:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।