आजको मौसम : दिउँसो सामान्य, राती तीन प्रदेशमा भारी वर्षा

आजको मौसम : दिउँसो सामान्य, राती तीन प्रदेशमा भारी वर्षा

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही देशभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।

सोमबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा राति मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

असार ३०, २०८१ सोमबार ०७:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।