युरोकप-२०२४ को विजेता स्पेन

युरोकप-२०२४ को विजेता स्पेन

काठमाडौं : फाइनलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै स्पेनले १२ वर्षपछि युरोकपको उपाधि जितेको छ।

निकै रोमाञ्चक खेलमा पहिला अग्रता लिएको स्पेनलाई इंग्ल्याण्डले १-१ को चुनौती दिए पनि अन्तमा गोल फर्काउँदे स्पेनले उपाधि जित्यो। दुवै गोल हाफ टाइमपछि भयो।

खेलको ४७औं मिनेटमा स्पेनमा निको विलियम्सले गोलको खाता खोलेर टोलीलाई अग्रता दिलाए। तर, खेलको ७३औं मिनेटमा इंग्ल्यान्डका काेल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

यद्यपि खेलको ८६औं मिनेटमा स्पेनका मिकेल ओयारजबालले निर्णायक गोल गर्दै स्पेनलाई युरोकपको उपाधि जिताए।

योसँगै स्पेनले चौथो पटक युरो कपको उपाधि जितेको छ। यसअघि उसले सन् १९६४, २००८ र २०१२ को उपाधि जितेको थियो। सन् १९८४ मा यो टीम रनरअप भएको थियो।

असार ३०, २०८१ सोमबार ०२:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।