कांग्रेसले मन्त्रीको नाम टुङ्ग्यायो, शेखर-गगनले पाए चार मन्त्री, आरजु परराष्ट्र, स्वास्थ्यमा प्रदीप

कांग्रेसले मन्त्रीको नाम टुङ्ग्यायो, शेखर-गगनले पाए चार मन्त्री, आरजु परराष्ट्र, स्वास्थ्यमा प्रदीप

काठमाडौँ : मध्यरात नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ।

मध्यरात एमाले नेतृत्वको सरकारमा पाएको नौ मन्त्रालयको नेतृत्वमा शेखर कोइराला र गगन थापाको समूहको माग स्वीकार गरेका छन्। मन्त्रीको नाम टुङ्ग्याउने जिम्मेवारी पाएको कार्यदलका एक सदस्यका अनुसार नौ जना मन्त्रीको नाम टुङ्गिएको हो।

सहमति अनुसार कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री सहित सरकारको नेतृत्व गर्नेछन्। उनको मन्त्रालय भने निश्चित भएको छैन। उनले ऊर्जा वा रक्षा मन्त्रालय लिएर सरकारमा जानेछन्।

देउवा समूहबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री  आरजु देउवा, बन अथवा कानुनमन्त्री अजय चौरसिया र शहरी विकास मन्त्री किशोरसिंह राठौरको नाम तय भएको छ।

शेखर-गगन समूहबाट स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पर्यटन मन्त्रीमा रामनाथ अधिकारीको नाम तय भएको छ। हृदयराम थानी पनि मन्त्री बन्दैछन् तेजुलाल चौधरी पनि मन्त्री बन्ने निश्चित भएको छ। तर मन्त्रालय निश्चित भएको छैन। प्रदीपबारे देउवा समुहले अर्को सांसदको नाम मागे पनि गगनले उनको विकल्प दिएका छैनन्।

असार ३०, २०८१ सोमबार ०२:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।