एमालेमा गुट ब्युँतियो : पूर्व राष्ट्रपति भण्डारीले मागिन् मन्त्रीपरिषद्मा भाग

एमालेमा गुट ब्युँतियो : पूर्व राष्ट्रपति भण्डारीले मागिन् मन्त्रीपरिषद्मा भाग

काठमाडौँ : पूर्व राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद्मा भाग माग्दा सरकारमा सहभागी मन्त्री टुङ्ग्याउन केपी शर्मा ओलीलाई सकस परेको छ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला-गगन थापा समूहले नौ मध्ये चार मन्त्रालय माग्दा सहमति जुटाउन सकेका छैनन् देउवाले। उता एमालेमा पनि पदावधि सकिएसँगै सक्रिय राजनीतिमा हाम फालेकी पूर्व राष्ट्रपति भण्डारीले भाग खोजेकी छिन्।

एमालेको विश्वस्त स्रोतका अनुसार भण्डारीले ईश्वर पोखरेल मार्फत पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटा र योगेश भट्टराईलाई मन्त्री बनाउन ओलीलाई सूची बुझाएकी छिन्। यी मध्ये गुरुङ र भट्टराई मन्त्री बन्ने सूचिमा छन्। तर निश्चित भएको छैन।

अहिले ११ बजेपछि ओली-भण्डारी समूह बसेर दलको भागमा परेका आठ मन्त्रालयको नेतृत्व टुङ्ग्याउँदै छन्।

उता देउवा समूहको सकस पनि उस्तै छ। भागमा परेको नौ मन्त्रालयमध्ये चार मन्त्रालय मागेर नदिए एक जनाको नाम पनि सिफारिस नगर्ने निर्णयमा पुगेको छ शेखर-गगन समूह। तर राष्ट्रपति रामचन्द्र पौडेलदेखि शशाङ्क कोइराला अनि कृष्णप्रसाद सिटौलालाई समेत मन्त्रालय दिनुपर्ने बाध्यता छ।

शेखर-गगनको माग पूरा गर्दा आफ्नो गुटबाट दुई जना मात्रै मन्त्री हुन्छन् जुन देउवा समूहले स्विकार्ने सम्भावनै छैन। अहिले देउवाको आवरणमा कसलाई कुन मन्त्रालय दिने भन्ने निर्णयमा आरजु देउवा हाबी छिन्। 

असार ३०, २०८१ सोमबार ००:१७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।