प्रधानमन्त्री नियुक्त हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगेका ओली बधाई लिएर फर्किए

प्रधानमन्त्री नियुक्त हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगेका ओली बधाई लिएर फर्किए

काठमाडौं : प्रधानमन्त्री नियुक्त हुनासाथ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली र विद्यादेवीबीच भेटवार्ता भएको छ। 

आइतबार बेलुका विद्या निवास चपलीमा उनीहरूबीच भएको भेटमा जिल्ला तहका नेताहरू पनि उपस्थित थिए।

ओली र भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निराैलाले जानकारी दिए। 

'प्रधानमन्त्रीज्यूकाे पूर्वराष्ट्रपतिज्यूसँग शिष्टाचार भेटवार्ता भएकाे हाे। पूर्वराष्ट्रपतिज्यूले बधाई दिनुभयाे। अरू कुनै विषयवस्तु थिए,' उनले भने।

भेटघाट गरेर ओली फर्किसकेका छन्। 

असार २९, २०८१ आइतबार २१:५५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।