सिमलताल पहिरो : थप ४ जनाको शव नारायणी नदीमा भेटियो

सिमलताल पहिरो : थप ४ जनाको शव नारायणी नदीमा भेटियो

काठमाडौं : चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये थप चार जनाको शव भेटिएको छ। तर, नारायणी नदीमा भेटिएका उनीहरूको पहिचान हुन सकेको छैन। 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो।

यसअघि पाँच जना मृत अवस्थामा भेटिएका थिए। उनीहरूमध्ये गणपति बसका चारजना र एन्जल बसका एकजना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

चितवनको माडीका २२ वर्षीय विकास रौनियार र भारतको बेतियाका ३० वर्षीय सजाद अन्सारी एन्जल बसमा सवार थिए। भारतकै २८ वर्षीय ऋषिपाल शाह, सर्लाहीको बरथहवाका १९ वर्षीय रमितकुशर माझी र भारतको चम्पारणका ३० वर्षीय जयप्रकाश ठाकुर गणपति बसमा सहवार थिए। 

असार २९, २०८१ आइतबार २०:५७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।