सिमलताल पहिरो : बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

सिमलताल पहिरो : बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

चितवन : चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ।

आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए। 

‘आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,’ उनले भने। 

उनले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो। 

असार २९, २०८१ आइतबार १९:०५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।