शिवपुरी राष्ट्रिय निकुञ्जमा ६ जना लुटिएको घटनामा सूक्ष्म अनुसन्धान भइरहेको छ : सेना प्रवक्ता केसी

शिवपुरी राष्ट्रिय निकुञ्जमा ६ जना लुटिएको घटनामा सूक्ष्म अनुसन्धान भइरहेको छ : सेना प्रवक्ता केसी

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्जमा शनिबार छ जना लुटिएको घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता गौरब कुमार केसीले लुटपाट गर्ने समूह कसरी जंगलमा पसे, यात्रीहरू कुन ठाउँबाट हिँडेका थिए भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको बताए।

‘यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको रहेछ। के भयो भन्ने कुरा उताबाट आउला। तर, हामीले सुरक्षा दिएको क्षेत्रमा कसरी हतियारधारी समूह प्रवेश गरे भन्ने कुरा हामीले गम्भीर रूपमा लिएका छौँ’, उनले उकेरासँग भने।

उनले सेनाले गस्ती बढाउने अँध्यारो ठाउँमा विशेष व्यवस्था गर्नेदेखि कुन रुट जाने भन्ने सन्दर्भमा पहिले नै यात्रुलाई व्यवस्थित जानकारी दिने पनि बताए। 

शनिबार बिहान साढे १० बजे हाइकिङ गएका निकुञ्जमा पुगेका छ जनालाई चार जना लुटेराको समूहले बन्धक बनाएर मोबाइल, घडी लगायतका सामग्री लुटेका थिए।

असार २९, २०८१ आइतबार १८:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।