चौथो पटक प्रधानमन्त्री नियुक्त भए ओली

चौथो पटक प्रधानमन्त्री नियुक्त भए ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरे।

प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।
  
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२)अनुसार सरकार गठनको आह्वान भएको थियो। 

कांग्रेस र एमालेले १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार नै दाबी पेश गरेका थिए।  

असार २९, २०८१ आइतबार १७:४३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।