गगन वा शेखरको नेतृत्वमा सरकारमा जान कांग्रेस नेताहरूको सुझाव, तर दुवै नेताले गरे अस्विकार

गगन वा शेखरको नेतृत्वमा सरकारमा जान कांग्रेस नेताहरूको सुझाव, तर दुवै नेताले गरे अस्विकार

काठमाडौं : कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेता शेखर कोइराला वा महामन्त्री गगन थापामध्ये एक जनाको नेतृत्वमा सरकारमा जान प्रस्ताव गरे। तर, शेखर-गगनले त्यो प्रस्ताव अस्वीकार गरेका छन्।

शेखर-गगन समूहका नेता कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा अधिकांश नेताले शेखर वा गगन एकजना सरकारमा जानैपर्नेमा जोड दिए।

जबाफमा दुवै नेताले आफूहरू सरकारमा जाने विषय समाप्त भइसकेको बताए। 

महामन्त्री थापाले पार्टीको जिम्मेवारीले गर्दा आफू सरकारमा जान सक्ने अवस्था नभएको नेताहरूलाई जानकारी गराए।

‘२०८२ सालमा महाधिवेशन गर्नुपर्ने छ। संगठनमा काम गर्नुपर्ने छ। सरकारमा जाँदा पार्टीको काममा असर छ,’ गगनको भनाइलाई उधृत गर्दै एक नेताले भने, ‘संसद भित्रबाट सरकारलाई सहयोग र उत्तरदायी बनाउने मेरो भूमिका हुन्छ।’ 

शेखरले भने यसअघि नै सरकारमा जाने रुचि नै नभएको बताउँदै आएका छन्।  

असार २९, २०८१ आइतबार १६:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।