२० करोड मूल्यको कोकिनसहित मलेसियन महिला पक्राउ

२० करोड मूल्यको कोकिनसहित मलेसियन महिला पक्राउ

काठमाडौं : प्रतिबन्धित लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन्।

उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरिएको हो। 

होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। 

कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो।

बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको एससएपी वसन्त रजौरेले जानकारी दिए।  

असार २९, २०८१ आइतबार १५:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।