शेखर समूहले माग्यो ४ मन्त्रालय, मन्त्री छान्ने जिम्मा शेखर, गगन र धनराजलाई

शेखर समूहले माग्यो ४ मन्त्रालय, मन्त्री छान्ने जिम्मा शेखर, गगन र धनराजलाई

काठमाडौं : नयाँ बन्न लागेको सरकारमा सहभागी हुन कांग्रेसको शेखर कोइराला-गगन थापा समूहले ४ मन्त्री मागेको छ।

आइतबार विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर, गगन र धनराज गुरुङलाई दिइएको छ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने समझदारी भएको बताइएको छ। 

बैठकमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मीनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए।

यसअघि शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको छ।  

असार २९, २०८१ आइतबार १५:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।