काठमाडौं क्यान्सर सेन्टरद्वारा कान, नाक र घाँटीको क्यान्सर जागरूकता अभियान

काठमाडौं क्यान्सर सेन्टरद्वारा कान, नाक र घाँटीको क्यान्सर जागरूकता अभियान

काठमाडौं : नाक, कान र घाँटीको क्यान्सर नेपालमा एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ। यो रोग समयमै पत्ता लगाएर उपचार गरिएमा निको हुन सक्ने र जीवन बचाउन सकिने अवस्था छ। तर, धेरै मानिसहरू यसका लक्षणहरूबारे जानकार छैनन् वा जाँच गराउन हिचकिचाउँछन्।

यसैलाई मध्यनजर गरेर काठमाडौं क्यान्सर सेन्टरले एक विशेष जागरूकता अभियान सुरू गरेको छ। यो अभियान असार ३० देखि साउन १२ गतेसम्म सञ्चालन हुनेछ।

घाँटीमा गाँठो वा सुनिएको भाग देखिनु, निल्न वा श्वास फेर्न गाह्रो हुनु, आवाजमा परिवर्तन आउनु वा स्वर बस्नु, कान दुख्नु वा सुन्ने क्षमतामा कमी आउनु, नाकबाट रगत बग्नु वा नाक बन्द हुनु, मुखमा घाउ आउनु वा निको नहुनु जस्ता समस्याहरू कान, नाक र घाँटीको क्यान्सरका केही सामान्य लक्षण हुन्। 

सेन्टरको यो विशेष अभियान अन्तर्गत निःशुल्क कान, नाक र घाँटी जाँच तथा शल्यक्रियामा विशेष छुट, कान, नाक र घाँटीको क्यान्सर बिरामीहरूको लागि फलोअप जाँचमा विशेष छुट प्रदान गरिने बताइएको छ। 

असार २९, २०८१ आइतबार १४:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।