आफूमाथि आजैबाट अनुसन्धान थाल्न रवि लामिछानेको आग्रह, निर्मला पन्त र जीबी राइबारे पनि बोले

आफूमाथि आजैबाट अनुसन्धान थाल्न रवि लामिछानेको आग्रह, निर्मला पन्त र जीबी राइबारे पनि बोले

काठमाडौं : कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन्।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू मन्त्री भएर अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका हुन्।

‘मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु, न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु,’ उनले भने, ‘तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस्।’

यस्तै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको अनुसन्धानको अन्त्यन्तै नजिक पुगेको दाबी गरे।

उनले थपे, ‘निर्मला पन्तको अनुसन्धानको विषयाम अन्त्यन्त नजिक पुगेका छौँ। सुरक्षा निकायलाई थाहा छ कि हामी कति नजिक पुगेका छौँ। मलाई क्रेडिट चाहिँदैन, क्रेडिट सबै नेपाल प्रहरीले लियोस्।’

यस्तै जीबी राईलाई नेपाल झिकाउने विषयमा मलेसियाका गृहमन्त्रीसँग भएको छलफल भएको बताए। आफ्नो कार्यकालम हुन नसके पनि हुनै नसक्ने काम भने नभएको उनको भनाइ थियो।

असार २९, २०८१ आइतबार १३:१४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।