रोहित र दीपेन्द्रले म्याक्स ६० क्यारेबियन लिग खेल्ने

रोहित र दीपेन्द्रले म्याक्स ६० क्यारेबियन लिग खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन टी१० लिग खेल्ने भएका छन्।

१८ अगस्टदेखि सुरु हुने प्रतियोगिताका लागि नेपालबाट यी दुई खेलाडी छनोट भएका हुन्।

पाँच टिम सहभागी प्रतियोगितामा कप्तान पौडेल मियामी लायन्सबाट र अलराउन्डर ऐरी ग्र्यान्ड केम्यान स्टिङरेजबाट खेल्न लागेका हुन्।

योसँगै दीपेन्द्रले युएईको आईएल टी२०, ग्लोबल टी२० क्यानडा, स्कटिस सुपर १० खेल्दैछन्।

असार २९, २०८१ आइतबार ११:०७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।