युरोकपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै

युरोकपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै

काठमाडौं : युरो कप फुटबलको उपाधिका लागि इंग्ल्यान्ड र स्पेन भिड्दैछन्।

खेल नेपाली समयअनुसार आज राति पौने १ बजे जर्मनीको बर्लिन ओलम्पिक स्टेडियममा हुनेछ।

दुई देशबीच अहिलेसम्म भएका २७ खेलमा इंग्ल्यान्ड १४ खेलमा विजयी हुँदा स्पेनले १० खेलमा बाजी मारेको छ। बाँकी तीन खेल भने बराबरी भएका छन्।

स्पेन पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा इंग्ल्याण्डले नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेनसँगको भेट पक्का गरेको हो।

खेलअघि भएको पत्रकार सम्मेलनमा दुवै टोली खेल आफूले जित्ने दाबी गरेका छन्।

असार २९, २०८१ आइतबार १०:२८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।