स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य बनाउन प्रस्ताव राखे : डा. मुकुल ढकाल

स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य बनाउन प्रस्ताव राखे : डा. मुकुल ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य बनाउनका लागि भारतसँग प्रस्ताव गरेको गम्भीर आरोप लगाएका छन्।

हिमालय टेलिभिजनबाट प्रसारित एक अन्तर्वार्तामा उनले स्वर्णिममाथि यस्तो गम्भीर आरोप लगाएका हुन्। रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि स्वर्णिम वाग्लेले भारतीयहरूसँग यस्तो प्रस्ताव गरेको उनको भनाइ छ।

उनले भने, ‘स्वर्णिम वाग्लेले मलाई नेपाल देशलाई भारतको राज्य बनाउनका लागि एग्रिमेन्ट गरिदिने। त्यो गरिसकेपछि यिनीहरूले (रविलाई प्रधानमन्त्री बनाउन) मान्छन् भन्नुभयो।’

यो विषय रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएको दुई वा तीन हप्तापछि काठमाडौंको एउटा होटलमा भएको उनले बताए। उनले यो विषयमा आफू कन्फिडेन्ट भएको र लाइ डिटेक्सन टेस्ट दिन समेत तयार रहेको बताए।

‘रवि लामिछानेको हकमा उहाँले ठ्याक्कै राज्य बनाउने कुरा गर्नुभएन,’ उनले थपे, ‘तर, स्वर्णिम वाग्लेले त नेपाललाई भारतको राज्य बनाउने गरी कुरा गर्नुभयो। त्यहि दिनदेखि मैले उहाँलाई पार्टीको उपसभापति मनबाट मानिनँ र समय आएपछि देखाउँछु भन्ने नै थियो।’

असार २९, २०८१ आइतबार ०९:०६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।