बागमतीसहितका तीन प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

बागमतीसहितका तीन प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

एजेन्सी : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। यस्तै बाँकी प्रदेशहरूमा आंशिकदेखि मुख्यतया सफा रही एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।

असार २९, २०८१ आइतबार ०६:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।