जब प्रहरी जवान पदमा लिखित परीक्षा दिन ६ जना नक्कली परीक्षार्थी सहभागी भए...

जब प्रहरी जवान पदमा लिखित परीक्षा दिन ६ जना नक्कली परीक्षार्थी सहभागी भए...

काठमाडौं : शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ।

रित शाहीको नाममा परीक्षा दिएका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिएका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिएकी दोलखाकी तृप्ती सुन्दास, पारस बुढाको नाममा परीक्षा दिएका रोशन खत्री, सविन महराको नाममा परीक्षा दिएका दार्चुलाका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिएका बैतडीका दिनेश चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुईलाई प्रहरी वृत्त गौशाला, तीनलाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो। 

पक्राउ परेका उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

असार २८, २०८१ शनिबार २०:२८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।