लोसपा पनि नयाँ सरकारमा सहभागी हुने, अध्यक्ष ठाकुर मन्त्री छान्दै

लोसपा पनि नयाँ सरकारमा सहभागी हुने, अध्यक्ष ठाकुर मन्त्री छान्दै

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने भएको छ।

सनिबार पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारमा जाने निर्णय गरेको सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा भने अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ। उनले मन्त्री छान्ने कार्य पनि प्रारम्भ गरिसकेका छन्। 

०७९ पुष १० मा एमालेसहितको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको लोसपा यसअघि प्रतिपक्षमा थियो। तर, शुक्रबार भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिएको लोसपा नयाँ सरकारमा जाने भएको हो। 

लोसपाले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रहसमेत गरेको छ।

असार २८, २०८१ शनिबार १९:५०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।