कांग्रेसमा मन्त्री बन्ने योग्यता : समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता हुनुपर्ने

कांग्रेसमा मन्त्री बन्ने योग्यता : समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता हुनुपर्ने

काठमाडौं : नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्न छनोट मापदण्ड बनाएको छ। 

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरूलाई सरकारमा पठाउँछौं। देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौं।’

प्रवक्ता महतले सकेसम्म एकैपटक मन्त्रीहरूको टुंगो लगाएर जाने तयारी गरिएको समेत बताए। 

उनले प्रधानमन्त्रीले शपथ लिएपछि मात्र कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने बताए। 

असार २८, २०८१ शनिबार १६:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।