२ समूहकाे झगडा मिलाउन जाँदा धारिलो हतियार प्रहारबाट एक पुरुषको ज्यान गयो

२ समूहकाे झगडा मिलाउन जाँदा धारिलो हतियार प्रहारबाट एक पुरुषको ज्यान गयो

काठमाडौं : नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ।

शुक्रबार राति नेपालगन्जकाे टांगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे हो।

कबाडियाकाे उपचारकाे क्रममा भेरी अस्पतालमा मृत्यु भएकाे हाे।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीका अनुसार दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे।

प्रहरीले झगडा गर्ने ती समूहको खाेजी गरिरहेकाे छ।

असार २८, २०८१ शनिबार १५:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।