चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले टोक्दा एक महिलाको ज्यान गयो

चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले टोक्दा एक महिलाको ज्यान गयो

काठमाडौं : सिरहामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

गोलबजार नगरपालिका-८ चोहर्वा बस्ने  ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको थियो। 

उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएकोमा त्यहीं मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

असार २८, २०८१ शनिबार १४:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।