भारतमा विधानसभा उपनिर्वाचनको मतगणना जारी, १३ मध्ये एक सिटमा मात्रै भाजपा अगाडि

भारतमा विधानसभा उपनिर्वाचनको मतगणना जारी, १३ मध्ये एक सिटमा मात्रै भाजपा अगाडि

एजेन्सी : भारतका सात राज्यको १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ।

निर्वाचन आयोगले अहिलेसम्म पञ्जाबको जलन्धर पश्चिम सीटको मात्रै नतिजा आधिकारिक रूपमा घोषणा गरेको छ।

यस सिटमा आम आदमी पार्टीका मोहिन्दर भगतले भाजपाकी शीतल अंगुराललाई ३७ हजारभन्दा बढी मतले पराजित गरेका छन्। यो सिटमा कांग्रेसकी सुरिंदर कौर तेस्रो भएकी छन्।

निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ५ घण्टापछि भाजपा १ सिटमा अगाडि छ। यो सीट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।

यसबाहेक पश्चिम बंगालका सबै ४ सिटमा कांग्रेस ५ सिटमा अगाडि छ भने टीएमसीले ४ सिटमा अग्रता लिएको छ। जबकि जेडीयू र डीएमके एक–एक सिटमा अगाडि छन्।

विधान सभाको उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन्।

यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक-एक विधानसभा सिटको लागि बिहान ८ बजेदेखि मतगणना जारी छ। सबै सिटमा बिहान ८ बजेबाट मतगणना सुरू भएको छ।

असार २८, २०८१ शनिबार १३:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।