कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ।

बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

असार २८, २०८१ शनिबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।