त्रिशुलीमा बेपत्ता बस र यात्रुहरूको खोजी विहानैदेखि शुरू

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरूको खोजी विहानैदेखि शुरू
तस्बिर- सशस्त्र प्रहरी बल

काठमाडौं : असार २८ गते त्रिशुली नदीमा खसेका दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्य विहानैदेखि शुरू भएको छ।

पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य शुरू गरिएको सशस्त्र प्रहरी नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजीकार्यमा परिचालित भएको छ।

साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदीमा खसेको थियो।

असार २८, २०८१ शनिबार १०:५४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।