स्पेनले यामललाई फाइनलमा पूरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

स्पेनले यामललाई फाइनलमा पूरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

एजेन्सी : युरो कप २०२४ को फाइनलमा स्पेनले आफ्ना खेलाडी लामिन यामललाई यदि टिमले पूरै समय मैदानमा बिताउन लगाए जरिवाना तिर्नुपर्ने हुन्छ।

१७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ।

जर्मनीको श्रम कानुन अनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ।

यामलले युरो २०२४ को फाइनलमा इङ्ल्यान्डविरुद्ध खेल्ने एक दिनअघि शनिबार आफ्नो १७औं जन्मदिन मनाउँदै छन्।

१६ वर्ष ३६२ दिनको उमेरमा यमलले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१औं मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।

यामलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्ल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन्।

जर्मनीको श्रम कानून अनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजेपछि काम गर्न पाउँदैनन्। एथलीटहरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजे सम्म ‘काम’ गर्न अनुमति दिइन्छ।

स्पेन र इंग्ल्याण्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ। यस्तो अवस्थामा स्पेनले यामललाई पहिलो ६० मिनेट खेलाउन पाउँछ।

यसपछि पनि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख ७२ हजार रुपैयाँ जरिवाना हुनेछ।

असार २८, २०८१ शनिबार ०९:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।