नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, हालसम्म २१ जनाको मृत्युको पुष्टि

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, हालसम्म २१ जनाको मृत्युको पुष्टि

एजेन्सी :  नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा १०० जना पुरिएका छन्।

स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।

नाइजेरियाली अखबार ‘पञ्च’ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ।

शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित एक सय जना फसेका थिए।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखे, ‘मृत्युको सही संख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ।’

असार २८, २०८१ शनिबार ०८:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।