राष्ट्रपतिको आव्हानको दुई घण्टामै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरे

राष्ट्रपतिको आव्हानको दुई घण्टामै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी गर्न शनिबार पाँच बजेको समय दिए पनि  एमालेका अध्यक्ष केपी ओलीले दुई घण्टामै  प्रधानमन्त्रीको दाबी पेस गरेका छन्।

राष्ट्रपति पौडेलले आठ बजे आइतबार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न समय दिएका थिए।

ओली शुक्रबार बेलुका नौ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कांग्रेसका ८८ र एमालेका ७७ गरी १ सय  ६५ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा दाबी पेस गरे।

असार २७, २०८१ शुक्रबार २२:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।