जेठ महिनासम्म आइपुग्दा वाणिज्य बैङ्कहरूको नाफा ५६ अर्ब ४५ करोड, नबिलको नाफा सबैभन्दा उच्च
काठमाडौँ : चालू आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा वाणिज्य बैङ्कहरूको खुद नाफा ५६ अर्ब ४५ करोड पुगेको छ। बैँशाख महिनामा ४८ अर्ब ७० करोड नाफा गरेका बैङ्कहरूले जेठ महिनामा १६.१४ प्रतिशतले बढी नाफा कमाएका हुन्।
गत आर्थिक वर्षको ११ महिनामा बैङ्कहरूले ७० अर्ब नाफा कमाएका थिए। ११ महिनासम्म आइपुग्दा सबैभन्दा बढी खुद नाफा गर्ने बैङ्कमा नबिल बैङ्क छ। यस बैङ्कको खुद नाफा ६ अर्ब ३३ करोड छ। दोस्रो स्थानमा ग्लोबल छ। ग्लोबल आइएमई बैङ्कको ५ अर्ब ९ करोड नाफा आर्जन गरेको हो।
तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैङ्क छ। यो बैङ्कको नाफा ४ अर्ब ३८ करोड, प्राइम बैङ्कको ३ अर्ब ५५ करोड, एभरेस्ट बैङ्कले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब ६ करोड, प्रभु बैङ्कको ३ अर्ब ३ करोड, स्टाण्डर्ड चार्टर्ड बैङ्कको ३ अर्ब १ करोड रुपैयाँ र कृषि विकास बैङ्कले ३ अर्ब २ करोड, एनएमबी बैङ्कको २ अर्ब ७७ करोड, हिमालयन बैङ्कले २ अर्ब ७६ करोड छ।
लक्ष्मी बैङ्कले २ अर्ब ३७ करोड, सिद्धार्थ बैङ्कले २ अर्ब २७ करोड, र एनआईसी एसिया बैङ्कले २ अर्ब २३ करोड, सानिमा बैङ्कको १ अर्ब ७६ करोड, सिटिजन्स इन्टरनेशनल बैङ्कले १ अर्ब ७५ करोड, कुमारी बैङ्कले १ अर्ब ६७ करोड, नेपाल एसबीआई बैङ्कले १ अर्ब ६६ करोड र माछापुच्छ्रे बैङ्कले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
वाणिज्य बैङ्कहरूमा सबैभन्दा कम नाफा गर्ने बैङ्कमा नेपाल बैङ्क लिमिटेड छ। यो बैङ्कको नाफा १ अर्ब ७ करोड मात्रै छ।
असार २७, २०८१ शुक्रबार २१:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।