प्रचण्डको बालुवाटार बसाई टुंगियो, खुमलटार पुग्दा स्थानीयले गरे स्वागत

प्रचण्डको बालुवाटार बसाई टुंगियो, खुमलटार पुग्दा स्थानीयले गरे स्वागत

काठमाडौँ : प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार छाडेर खुमलटारमा रहेको निजी निवासमा गएका छन्। उनी शुक्रवारै खुमलटार गएका हुन्। उनी खुमलटार पुग्दा स्थानीयवासी र पार्टी नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

उनी १८ महिनापछि खुमलटार पुगेका हुन्। १८ महिना अगाडि एमालेसहितको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका थिए।

असार २७, २०८१ शुक्रबार १९:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।