प्रधानमन्त्री प्रचण्डको पक्षमा जम्मा ६३ मत, विपक्षमा एक सय ९४

प्रधानमन्त्री प्रचण्डको पक्षमा जम्मा ६३ मत, विपक्षमा एक सय ९४

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाउन असफल भएका छन्। शुक्रवार उनले प्रतिनिधि सभामा राखेको विश्वासको मतमा मतदान हुँदा उनको पक्षमा एक सय ३८ मत नपरेकाले उनी नेतृत्वको सरकार अपदस्थ भयो।

शुक्रवार २ सय ५८ जना उपस्थित भएकोमा प्रचण्डको विश्वासको मतको पक्षमा ६३, विपक्षमा १९४ अनि तटस्थमा एक मत परेको छ।

१८ महिना अगाडि एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका उनले यो बिचमा तीन पटक गठबन्धन बदले। जति पटक गठबन्धन बदले पनि उनी नै प्रधानमन्त्री पदमा कायम रहे। एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएसँगै प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका थिए।

असार २७, २०८१ शुक्रबार १७:१८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।