रेडक्रस सोसाइटीको अनियमिततामा संलग्नमाथि कारबाही गर्न सांसद सुवालको माग

रेडक्रस सोसाइटीको अनियमिततामा संलग्नमाथि कारबाही गर्न सांसद सुवालको माग

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल रेडक्रस सोसाइटीभित्र भइरहेको अनियमितताबारे कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले रेडक्रसको भक्तपुरमा जग्गा खरिदबारे भएको भ्रष्टाचारबारे छानबिन गरेर प्रतिवेदन बुझाए पनि दोषीमाथि कारबाही नभएको बताएका थिए।

उनले रेडक्रसको रगतमा भएको त्रुटि देखिएको अनि रक्त सञ्चार केन्द्रहरू गैर कानुनी हुँदा पनि संलग्नहरूलाई कारबाही नगरेको भन्दै प्रतिनिधि सभामा आपत्ति जनाएका थिए।

हालै समाज कल्याण परिषद्ले नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितता, जग्गा खरिद, भृकुटीमण्डपमा रहेको रक्त सञ्चार केन्द्रको भवन निर्माण, सोसाइटीको जग्गा तथा भवन भाडा लगायतबारे छानबिन गरेर कारबाहीका लागि प्रतिवेदन पेस गरेको थियो।

प्रतिवेदनमा रक्त सञ्चार केन्द्रको गतिविधि अति जोखिमपूर्ण रहेको उल्लेख गरेको थियो। अधिकांश अस्पतालमा रहेका बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने केन्द्रको रगत सङ्कलनदेखि भण्डारसम्म सबै काम अति जोखिमपूर्ण रहेको प्रतिवेदन उकेराले सार्वजनिक गरिसकेको छ। तर सम्बन्धित निकाय मौन छ।

सम्बन्धित समाचार

असार २७, २०८१ शुक्रबार १६:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।