रविलाई ज्ञानेन्द्र शाहीको काउन्टर ‘अझै समय छ तपाइको अनन्य मित्र जिवीलाई पक्राउ गर्नुस्, अझैँ समय छ’

रविलाई ज्ञानेन्द्र शाहीको काउन्टर ‘अझै समय छ तपाइको अनन्य मित्र जिवीलाई पक्राउ गर्नुस्, अझैँ समय छ’

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र शाहीले जाँदाजाँदै आफ्नो अनन्य मित्र जीवी राईलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरे। सुशासनको पक्षमा काम गरेको दाबी पुष्टि गर्ने हो भने अझैँ पक्राउ गर्ने समय रहेको भन्दै उनले कटाक्ष गरे।

जीवी राई सहकारी ठगीमा संलग्न देखिएपछि फरार छन्। उनी मलेसियामा रहेको सूचनाको आधारमा पक्राउ गर्न सरकारले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराए पनि पक्राउ गर्न सकेको छैन। गोर्खा मिडिया प्रालीमा जीवी अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए।

अनुसन्धानबाट विभिन्न सहकारीबाट गोर्खा मिडियामा अवैध रूपमा एक अर्ब हाराहारीमा रकम गएको खुलिसकेको छ। संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने बहसमा सहभागी हुँदै उनले कसको फाइल खोल्न लागेकोले सरकार ढलेको भनेर संसद्मा नढाँट्न उनले रविलाई आग्रह गरे।

शाही भन्दा अगाडि बोलेका रविले बेचन झा र प्रतीक थापा पक्राउ परेपछि आत्तिएर एमाले र कांग्रेस एक ठाउँमा आएर सरकार बदल्न लागेको दाबी गरेका थिए। शाहीले गृहमन्त्रीले झुटो बोलेको भन्दै ठुला दलका नेताहरुबीच के-के विषयमा कुरा मिलेर सरकार बदलिन लाग्यो भने भयो त भन्दै बेचन पक्राउ परेकाले सरकार ढलेको भनेर दाबी नगर्न आग्रह गरेका थिए।

असार २७, २०८१ शुक्रबार १५:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।