गृहमन्त्री रविको दाबी ‘प्रतीक थापा र बेचन पक्राउ परेकाले सरकार ढल्यो’

गृहमन्त्री रविको दाबी ‘प्रतीक थापा र बेचन पक्राउ परेकाले सरकार ढल्यो’

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रतीक थापा र बेचन झा पक्राउ परेपछि सरकारविरुद्ध नेपाली कांग्रेस र एमाले एकै ठाउँमा आएको दाबी गरेका छन्। प्रतिनिधि सभामा जारी विश्वासको मतको बहसमा सहभागी हुँदै उनले यस्तो दाबी गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका प्रतीक थापा एमाले नेता रामबहादुर थापा बादलका छोरा हुन्। बेचन उच्च तहका राजनीतिक नेतृत्वसँग बाक्लो सम्पर्कमा रहेका व्यक्ति हुन्।

उनले आफ्नो कार्यकालमा एउटा जेलको मात्र उद्घाटन गरेको भन्दै भने’ जनताले साथ दिए भ्रष्ट नेताहरूलाई जेल हाल्छु कि ती नेता मिलेर मलाई जेल हाल्छन् भनेर जेलको उद्घाटन गरेको हुँ।‘

उनले कहिल्यै नखुलेका फाइलहरू खोलेकाले ठुला दुई दल एकै ठाउँमा आएको भन्दै उनले जसलाई सदनमा, सडकमा, पत्रिकामा, हेडलाइनमा लखेटिन्छन् त्यो कमजोर हैन बलियो दल भएको दाबी गरे।

उनले नेपाली कांग्रेस र एमाले मिलेर बन्ने सरकारले सुशासनमा राम्रो काम गरे आफ्नो समर्थन रहने बताउँदै उनले जुन रूपमा दुई दल मिलेको हो त्यसले शङ्का भने देखिएको बताए।

उनले आफू सहकारी ठगीमा संलग्न हो या हैन भन्ने छानबिन गर्न कठिन संसदीय समितिमा अब एमाले र कांग्रेसको बहुमत पुगेको भन्दै आफूलाई जेल हाल्न चुनौती समेत दिए। उनले तत्काल ठुला दल सुध्रिन्छन् भन्ने विश्वास नभएको तर सुध्रिन चाहने हो भने नेपालीहरू सहनशील रहेको र मौका दिने उनले बताए।

असार २७, २०८१ शुक्रबार १५:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।