नबिलको ४० वर्षीय यात्रा :  पास बुकदेखि  स्मार्ट मोबाइलसम्म

नबिलको ४० वर्षीय यात्रा :  पास बुकदेखि  स्मार्ट मोबाइलसम्म

काठमाडौँ : नेपालमा बैँकिङ्ग क्षेत्रमा सीमित सरकारी बैङ्क भएको समयमा निजी क्षेत्रको पहिलो बैङ्कको रूपमा उदायो नबिल बैङ्क। पहिला नेपाल अरब बैङ्क थियो यसको नाम। पछि नाम परिवर्तन गर्दै नबिल बनेको यो बैंकले बचत पास बुकबाट यात्रा सुरु गरेकोमा ४० वर्ष पार गर्दा अहिले स्मार्ट मोबाइल बैङ्किङमा प्रवेश गरिसकेको छ।

सरकारी बैङ्क भौगोलिक रूपमा देशका कुनाकाप्चामा पुग्न नसकेको अवस्थामा अनि बैङ्कमा किन बचत गर्ने भन्ने जनचेतनाको अभाव रहेको बेलामा बैँकिङ्ग शिक्षालाई विस्तार गर्दै देशका अधिकांश क्षेत्रमा पुग्न सफल भएको देखिन्छ।

सन् १९८४ मा स्थापना नबिल ४० बर्षै यात्रा सफलताका साथ पुरा गरेर असार २८ गतेबाट ४१ वर्षमा प्रवेश गरेको छ। बैङ्क कति सफल र कति असफल त्यसको वित्तीय सूचकले निर्धारण गर्छ। नबिलको वित्तीय सूचकले यो वाणिज्य बैङ्कको भिडमा अब्बल बैङ्क रहेको देखाउँछ।

हिजो कार्यालयमै उपस्थित भएर फारम भरेर बल्ल बल्ल खाता खोल्न सकिने परम्परागत बैङ्किङ प्रणालीबाट यात्रा प्रारम्भ गरेको नबिल अहिले ग्राहकहरूले सहजै मोबाइलबाटै खाता खोल्न सक्छन्। कर्जा माग गर्न सक्छन्।

यो बिचमा नबिलले ४८ वटा अवार्ड पाएको छ। बेस्ट कर्मशियल बैङ्क– २००४, बेष्ट एक्सिलेन्ट अवार्ड २०७०, भिजा पेमेन्ट एक्सिलेन्ट अवार्ड र भिजा लिडरसिप कन्केल्भ अवार्ड २०२३ यही सूचीमा पर्छन्।

दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका मातहतका विभिन्न संस्थाहरू वा विदेशी संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ।

बैङ्कले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पहुँच विस्तारको लागि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गरिरहेको छ।  ग्रिन आवास कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। कार्यालयलाई प्लास्टिकजन्य सामाग्रीको प्रयोग निषेध गरेको छ।

लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आकर्षित गर्न न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने, लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्ने कामलाई नबिलले प्राथमिकता दिएको देखिन्छ।

नबिल डिजिटल बैङ्क

सूचना प्रविधिमा जोडिएका नेपालीलाई घरमै बसेर बैँकिङ्ग सेवा लिन नबिलले डिजिटल बैङ्किङ प्रणालीलाई अपनाएको छ। बैङ्कले ग्राहकहरूको लागि कर्जा लिने देखी सरकारी बिल मोबाइलबाटै सहजै भुक्तानी हुनसक्छ।

पहिला नबिल स्मार्ट एप चलाउँदा खाता भएका ग्राहकले मात्र त्यो सुविधा प्रयोग गर्न सक्थे। अहिले खाता नहुनेले सहजै नयाँ खाता खोल्न सक्ने प्रणाली अपनाएको छ।

डिजि बैङ्कको होम स्क्रिनमा अनलाइन अकाउन्ट ओपनिङ, डिम्याट अकाउन्ट, अनलाइन फिक्स्ड डिपोजिट, न्यु डेबिट कार्ड, डेबिट कार्ड रिप्लेसमेन्ट, क्रेडिट कार्ड, बी अ मर्चेन्ट, नबिल आइकार्ड एप्लिकेसन, इन्डिभ्युजल लोन एप्लिकेसन, एसएमई लोन एप्लिकेसन र बिल पेमेन्ट अप्सनहरू रहेको छ।

डिजि बैङ्कको अकाउन्ट ओपनिङभित्र जेनेरल सेभिङ, प्रिमियम नारी बचत खाता, नबिल बचत लगायतमा स्किम अनुसारको खाता खोल्न सक्ने सुविधा उपलब्ध भएको देखिन्छ।

भिडियोबाट केवाइसी भेरिभिकेसन गर्न नबिल बैङ्कका कर्मचारीसँग ग्राहकको भिडियो कलबाटै सम्भव छ। कार्यालय धाइरहनु पर्दैन। सेयर बजारमा संलग्न ग्राहकहरूको लागि भिडियो मार्फत नै सहजै डिम्याट खाता खोल्न सकिन, अनलाइन फिक्स्ड डिपोजिट तुरुन्तै खाता खोल्न सकिने सुविधा अपनाएको छ।

नबिलले पाएको लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ क्रेडिट कार्ड, क्युआर, डेबिट कार्ड वा गेट वेबाट काम गर्न चाहनेहरूका लागि बि अ मर्चेन्ट’मा गएर मर्चेन्ट बनेर क्युआर, पेमेन्ट गेवे, नबिल स्टलमेन्टको सुविधा प्रयोग गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकले ५ सय डलरसम्म चलाउन सकिने आइकार्डको सुविधा दिएको छ। नबिलको डिजी बैङ्कबाटै नबिल स्मार्ट बैङ्कभित्र गएर भर्चुअल आइकार्डका लागि आवेदन दिन सकिन्छ।

ऋण चाहियो भने मोबाइल एप र डिजी पोर्टलमा गएर आवेदन गरेपछि आफूले चाहेको शाखामा गएर ऋण लिन सकिने सुविधा समेत उपलब्ध गराएको देखिन्छ। व्यवसायीक प्रायोजनको ऋणका लागि एसएमइ एप्लिसकेसन फर्म भरेर अनलाइन आवेदन दिएपछि बैंकले आफैँ सम्पर्क गर्ने संरचना नबिल देखिन्छ।

सरकारी सेवा र सुविधा उपभोग गरे बापत तिर्नुपर्ने शुल्क नबिलसँगको खाता वा कारोबारमात्र मात्रै नभएर युटिलिटी बिल पेमेन्ट समेत गर्न सकिने प्रणाली समेत देखिन्छ। विद्युत्, एयरलाइन्स, सरकारी कर, खानेपानी, इन्टरनेट र टिभीको बिल, इन्स्योरेन्स, विद्यालयको शुल्क, टपअप डिजी बैङ्कबाट गर्न सकिने प्रणालीको विकास गरेको देखियो।

४० वर्षमा २० अर्बको नगद लाभांश वितरण

नबिलले ४० वर्ष पार गर्दागर्दा आफ्ना शेयर धनीहरूलाई २० अर्ब ५ करोड बढी नगद लाभांश वितरण गरेको देखिन्छ। बैङ्क स्थापनाको प्रारम्भिक ६ वर्ष नगद लाभांश वितरण गर्न सकेन। तर  ३३ वर्ष निरन्तर नगद लाभांश वितरण गर्यो।

अहिले बैङ्कको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। पहिलो पटक सेयर धनीलाई ४९ लाख ७० हजार चार सय रुपैयाँ लाभांश दिएको बैंकले अहिले करिब ३ अर्ब लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चालु आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गरेकोमा अघिल्लो वर्ष २ अर्ब ६२ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

दक्ष प्रवासी उद्यमशील कर्जा योजना

विदेशमा गएर रोजगारी गरेर स्वदेश फर्किएका दक्ष कामदारका लागि नबिलले दक्ष प्रवासी उद्यमशील कर्जाको प्रबन्ध गरेको देखियो।

वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्न, दक्ष प्रवासी उद्यमशील कर्जा योजनाले सघाउने देखिन्छ। यसले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रुपैयाँसम्मको सुविधा रहेको बैंकले जानकारी दिएको छ।

दैलेखको दुल्लुमा नबिलको शाखा।बैंकले न्यूनतम १५ लाख रुपैयाँदेखि १० करोड रूपैँयासम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको देखियो। बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपैयाँको कर्जा दिने गरेको छ।

बैङ्कले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ। कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ।

घर कर्जा

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने गरेको देखियो। यो योजनामा ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको देखियो।

घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने र अन्यले कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधा लिन सक्ने प्रणाली देखियो। बैङ्कले इभी गाडीको खरिद गर्ने ग्राहकलाई विशेष सुविधा सहितको कर्जा उपलब्ध गराउँदै आएको देखियो।

असार २७, २०८१ शुक्रबार १४:४९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।