उपसभामुखले समय सकियो भनेपछि योगेशले भने, ‘गीत सुनाउनै बाँकी छ सभामुख महोदय’

उपसभामुखले समय सकियो भनेपछि योगेशले भने, ‘गीत सुनाउनै बाँकी छ सभामुख महोदय’

काठमाडौं : एमाले सांसद् योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गीतमा जवाफ फर्काएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि भएको छलफलमा सांसद भट्टराईले प्रधानमन्त्रीलाई गीत सुनाएका हुन्।

उपसभामुख इन्दिरा रानाले समय सकियो भनेपछि योगेशले त्यसको जवाफमा भने, ‘प्रधानमन्त्रीज्यूलाई गीत सुनाउनुपर्ने भर्खर आउनुभो।’

उनले अगाडि भने, ‘कसैलाई माया गरि एउटा भुल गरेँ मैले भन्नुभएछ हाम्रा मन्त्रीहरुलाई, एउटा गीतबाटै तपाईंलाई जवाफ दिन चाहन्छु, कसले देला तिम्लाई माया मैले दिएजति, झिक तुलो जोखौं आज कसको माया कति?’

योगेशले यति भन्दै गर्दा संसदमा हाँसोका माहोला छायो। एमाले सांसदहरू टेबल ठोके भने प्रधानमन्त्री पुष्पकमल दाहाल पनि मुसुक्क हाँसे।

असार २७, २०८१ शुक्रबार १४:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।