प्रचण्डलाई रमेशको व्यङ्ग : प्रधानमन्त्री जबरजस्त प्रतिपक्ष दलको नेता देखिइसक्नुभो

प्रचण्डलाई रमेशको व्यङ्ग : प्रधानमन्त्री जबरजस्त प्रतिपक्ष दलको नेता देखिइसक्नुभो

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले प्रतिपक्ष कमजोर नहुने देखिसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा सम्बोधन गर्दै उनले जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर गल्ती गरियो कि भन्दै व्यङ्ग समेत गरे।

उनले भने, ‘संसदीय व्यवस्थामा दुई ठूला राजनीतिक दलहरू मिले भने प्रतिपक्ष कमजोर होला भन्ने चिन्ता भइरहेको देखिन्छ, तर आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा यो रोष्ट्रममा उभिँदा मैले प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा देखिसकेकाले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ। बरु एउटा गल्ती भएछ कि! यस्तो जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति कमजोरी गर्यौं कि!’

असार २७, २०८१ शुक्रबार १३:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।