शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको प्रधानमन्त्रीको दाबी

शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य  भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर  थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ।’

साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताए। उनले  निकै छोटो समयमा त्यसको परिणाम पनि सकारात्मक आएको जिकिर गरे।

उनले भने, ‘विद्यालयमा शिक्षकहरूको दलीय संलग्नतालाई कम गर्ने कुनैपनि पदाधिकारी राजनीतिक हस्तक्षेप बिना योग्यता र उपयुक्तताका आधारमा चयन गर्ने मानक फेरि भत्काइयो भने देश र जनताका लागि ठुलो घात हुनेछ।’

साथै उनले शिक्षालाई रोजगारीसँग जोड्न र सामूदायिक विद्यालयलाई सक्षम र सबल बनाउन अहिले भइरहेका प्रयासहरूलाई कसैले नबिथल्न आग्रह गरे।

असार २७, २०८१ शुक्रबार १३:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।