कांग्रेस-एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रधानमन्त्री दाहाल

कांग्रेस-एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझदारीमा प्रतिगमन र निरंकुशताको झल्को देखिने गरेको चिन्ता व्यक्त गरे।

उनले भने, ‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ। सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन्। संसदको पहिलो र दोस्रो दल मिल्दा जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ र निरंकुशताको सिर्जना भएको छ।’

मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए।

असार २७, २०८१ शुक्रबार १२:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।