सहमतिबारे ओलीले ढाँटे पनि देउवाले भने 'हस्ताक्षर भइसक्यो' भनेको प्रचण्डको दाबी

सहमतिबारे ओलीले ढाँटे पनि देउवाले भने 'हस्ताक्षर भइसक्यो' भनेको प्रचण्डको दाबी

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति भइसक्दा पनि सहमति भएको छैन भनेर आफूलाई ढाँटेको बताएका छन्। विश्वासको मत लिनेक्रममा प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले  भने’कांग्रेस-एमालेका सीमित नेताहरूले आफूहरू मिलेको भन्लान्। तर उनीहरू मिलेको हैन कसैले मिलाएको हो। कांग्रेस-एमाले मिलेको हो भन्न लाज लागेर राष्ट्रिय सहमतिको बर्को ‌ओढेका छन्।’

उनले कांग्रेस र एमालेबीचमा सहमति भइसक्दा पनि एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको छैन। तीन दल बसेर छलफल गर्ने हो’ भनेको उनले दाबी गरे।

‘१८ गते बिहान आएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति भएको हैन भने। फोटो देखाउँदा समेत सहमति भएकै छैन। कुन बेलाको फोटो रहेछ भने, ’ उनले भने 'कांग्रेस सभापतिलाई फोन गरेर के हो भनेर सोध्दा सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो। सरी। तीन दल बसेर के गर्नु, सहमति भइसक्यो। हस्ताक्षर भइसक्यो भन्नुभयो।'

असार २७, २०८१ शुक्रबार १२:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।