बाढी पहिरोबाट हुने क्षति न्यूनिकरणका लागि निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

बाढी पहिरोबाट हुने क्षति न्यूनिकरणका लागि निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षापछि आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणका लागि निर्देशन दिएको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले सरकारले पूर्व तयारीका लागि हुन सक्ने जति पहल गरेको बताएका हुन्।

बाढी, पहिरो र धनजनको क्षतिको सन्दर्भमा सरकार परिवर्तनको खेलमा लाग्नु बिडम्बना भएको उनको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी सातासम्म वर्षा हुने अनुमान गरेकोमा आफूले उद्धार, राहत र पुनर्स्थापनाका लागि जुट्न समेत निर्देशन दिएको जानकारी दिए।

असार २७, २०८१ शुक्रबार १२:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।