वर्षाको समय रात्रिबस सञ्चालनमा रोक लगाउन सांसदहरूको प्रस्ताव

वर्षाको समय रात्रिबस सञ्चालनमा रोक लगाउन सांसदहरूको प्रस्ताव

काठमाडौं : प्रतिनिधि सभाका सांसदहरूले वर्षाको समय रात्रिबस सञ्चालनमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभा सदस्यहरू राजेन्द्र पाण्डे, डा. अमरेशकुमार सिंह, प्रभु शाह लगायतका सांसदहरूले वर्षाको समय रातिको यात्रा जोखिमयुक्त हुने भन्दै रात्रिबस सञ्चालनमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन्।

शुक्रबार विहान चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा दुई वटा बसलाई पहिरोले बगाएर खोलामा खसेपछि सांसदहरूले यस्तो माग राखेका हुन्।

उक्त बसहरू सवार तीन जनाले झ्यालबाट हामफालेर बच्न सफल हुँदा बाँकी यात्रुको अझैसम्म बेपत्ता छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा गोताखोर परिचालन गरेर खोजी कार्य जारी राखेका छन्। उनीहरूले अहिलेसम्म बस नै पत्ता लगाउन सकेको छैनन्।

असार २७, २०८१ शुक्रबार ११:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।