सिमलतालको दुर्घटनाबारे संसदमा बहस, बेपत्ताहरूको खोजी गर्न सांसदहरूको माग

सिमलतालको दुर्घटनाबारे संसदमा बहस, बेपत्ताहरूको खोजी गर्न सांसदहरूको माग

काठमाडौं : प्रतिनिधि सभाका सांसदहरुले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार विहान भएको दुर्घटनामा बेपत्ताहरूको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसदहरू शंकर भण्डारी, दामोदर पौडेल, ज्ञानु बस्नेत, प्रभु शाह, रामनाथ अधिकारी, मनबहादुर गुरुङ लगायतले चितवनको सिमलतालमा शुक्रबार विहान भएको दुर्घटनामा बेपत्ताहरूको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

सा‌ंसदहरूले वर्षातको समयमा राति सवारी साधन चलाउन रोक लगाउनुपर्नेमा समेत जोड दिएका छन्।

शुक्रबार विहान तीन बजे चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस बगाएको थियो।

बस नभेटिँदा बसमा सवारहरूको अवस्था अझै अज्ञात छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले घटनामा दुई सयभन्दा बढीको फौजले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

यस्तै अन्य केही सांसदहरूले पोखरामा पहिरोका कारण ११ जनाको मृत्यु भएको विषयमा पनि सरकारलाई जानकारी गराउँदै ध्यानाकर्षण गराएका छन्।

असार २७, २०८१ शुक्रबार ११:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।