सुन १८ सय रुपैयाँले बढ्यो

सुन १८ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४६ हजार सात सय रुपैयाँ कायम भएको छ। बिहीबार सोही सुनको मूल्य १ लाख ४४ हजार ९ सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य आज तोलाको १ लाख ४६ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ।

चाँदी आज तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार हुनेछ। बिहीबार चाँदी तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

असार २७, २०८१ शुक्रबार ११:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।