सिमलतालमा खोजी तथा उद्धारका लागि दुई सय जनाको फौज खटियो

सिमलतालमा खोजी तथा उद्धारका लागि दुई सय जनाको फौज खटियो

काठमाडौं : पहिरोका कारण दुई बस बगाएको चितवनको सिमलतालमा दुई सय जनाको सुरक्षा फौज खटिएको छ।

हराएकाहरूको खोजीका लागि नेपाली सेना तथा गोताखोर, मोटरबोट, र्याफ्टबोट सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित २ सय जनाको सुरक्षा फौज खटिएको सशस्त्र प्रहरी बल सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

शुक्रबार विहान तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस बगाएको थियो।

पहिरोमा बेपत्ता भएको विङ्गरमा २१ जना र बसमा ४१ जना सवार थिए। बस त्रिशुली नदीमा खसेकाले खोजीका लागि उद्धार टोली परिचालित छ।

असार २७, २०८१ शुक्रबार १०:३३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।